इतिहासमा आजः भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्सदेखि लेसोथोमा ‘कु’ सम्म

इतिहासमा आजः भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्सदेखि लेसोथोमा ‘कु’ सम्म

केन्द्रबिन्दु
0
Shares

आज नोभेम्बर १२। प्रस्तुत छ विश्व इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रमः 

लेसोथोमा कु 
सन् १९९० मा लेसोथोका तत्कालिन राजा मोसुजसु द्वितीयबिरुद्ध जस्टिन मेटसिंग लेखन्याले कु गरी सरकार नियन्त्रणमा लिएका थिए। केही महिनापछि भएको अर्को सैन्य कुमा लेखन्यालाई देश निकाला गरिएको थियो। 

जापानी सम्राट अकिहितोको सत्तारोहण
सन् १९९० मा जापानी सम्राट अकिहितो औपचारिक रुपमा राजगद्दीको उत्तराधिकारी भएका थिए। आफ्ना बाबु हिरोहितोको निधन भएको दुई बर्षपछि अकिहितो जापानको राजगद्दीको उत्तराधिकारी बनेका थिए। 

भारतको भावी संविधानबारे राउन्ड टेबल कन्फरेन्स
भारतको भावी संविधानबारे बिचार विमर्श गर्न व्रिटीश सरकारले सन् १९३० मा पहिलो राउन्ड टेबल कन्फरेन्सको आयोजना गरिएको थियो। सन् १९३० देखि १९३२ को अवधिमा व्रिटीश सरकारले तीन ओटा राउन्ड टेबल कन्फरेन्स गरेको थियो। 

पूर्वी टिमोरमा नरसंहार
सन् १९९१ मा इन्डोनेसियाली सेनाले पूर्वी टिमोरको डिलीस्थित सान्ता क्रुज चिहानमा गोली चलाउँदा पूर्वी टिमोरमा स्वतन्त्रता समर्थक प्रदर्शनकारीको मृत्यु भएको थियो। डिली नरसंहार भनिने सो घटनामा २५० जनाको मृत्यु भएको थियो।एजेन्सी

Logo