अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

केन्द्रबिन्दु
0
Shares

म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ ।  गैरकानुनी संगठन खोलेको, आप्रवासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाविरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो ।

उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । उनीमाथि लगाइएको मुद्दाको सुनुवाइ चार दिनपछि सुरु हुनेछ । 

३७ वर्षीय फेन सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौँ मानिस पक्राउ परेका थिए । प्रदर्शनका क्रममा कम्तीमा एक हजार १७८ जना मारिएका थिए ।

Logo