इतिहासमा आजः पेरिसमा अतिवादी हमला, २५ हजारको मृत्यु भएको ज्वालामुखी विस्फोट

इतिहासमा आजः पेरिसमा अतिवादी हमला, २५ हजारको मृत्यु भएको ज्वालामुखी विस्फोट

केन्द्रबिन्दु
0
Shares

आज १३ नोभेम्बर। आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए। स्वीडेन युरोपेली युनियनको सदस्य हुने वा नहुने भन्ने विषयमा भएको जनमतसंग्रहदेखि फ्रान्सको राजधानी पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको अतिवादी हमला आज भएका थिए। त्यस्तै २० शताब्दीकै भयानक प्राकृतिक विपद् मानिएको कोलम्बियाको ज्वालामुखी बिस्फोट पनि आजै भएको थियो। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

पेरिसमा अतिवादी हमला
सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा अतिवादी हमला भएको थियो। एउटा कन्सर्टमा भएको हमलामा १३० जनाको मृत्यु  भएको थियो। आक्रमणको जिम्मा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस) ले लिएको थियो। 

स्वीडेन युरोपेली युनियनमा आबद्ध हुने पक्षमा मतदान  
सन् १९९४ मा स्वीडेनले युरोपेली युनियनमा आबद्ध हुने निस्कर्ष निकालेको थियो। इयुको सदस्य हुने वा नहुने भन्ने विषयमा १३ नोभेम्बरमा भएको जनमत संग्रहमा ५० प्रतिशले पक्षमा मतदान गरेका थिए। स्वीडेन औपचारिक रुपमा सन् १९९५ को १ जनवरीमा ईयुमा आबद्ध भएको थियो। 

२५ हजारको मृत्यु भएको ज्वालामुखी विस्फोट
सन् १९८५ मा कोलम्बियामा भीषण ज्वालामुखी बिस्फोट भएको थियो। ज्वालामुखी विस्फोटपछि आर्मेरो सहर नै बगाएको थियो। ज्वालामुखी विस्फोटमा कम्तिमा २५ हजारको मृत्यु भएको थियो। आर्मेरोमा भएको सो ज्वालामुखी विस्फोट २० औं शताब्दीकै भयानक विपद् मानिएको छ। 

भेनेजुएलाका राष्ट्रपतिको हत्या 
सन् १९५० मा भेनेजुएलाका तत्कालिन राष्ट्रपति तथा सेना प्रमुखको अपहरणपछि हत्या भएको थियो। राफेन सिमन उरबिनाले नेतृत्व गरेको विद्रोहीहरुले  सेना प्रमुख कार्लोस डेलगाडोको अपहरणपछि हत्या गरेका थिए। 

लन्डनमा ब्लडी सन्डे 
सन् १८८७ मा बेलायतमा गरीब तथा बेरोजागरले गरेको एउटा प्रदर्शनले उग्ररुप लिएको थियो। ट्राफलागर स्क्वायरमा भएको सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा हिंसा मच्चिएको थियो। सन् १८८७ को १३ नोभेम्बरको आइतबार भएको सो प्रदर्शनमा ३ जना मजदुरको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए।एजेन्सी

Logo