अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ ।उक्त संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरुकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरूलाई दाइजोका रूपमा समेत किनबेच हुने गरेका सूचनाहरू पाएको भन्दै युनिसेफले यहाँका बालिकाको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेको छ । यहाँ सन् २०१९ मा समेत १८३ ओटा बालविवाह भएको र १० जना बालिकालाई बिक्री गरिएको एक रिपोर्टमा जनाइएको युनिसेफले जनाएको छ ।

युनिसेफले यसरी बिक्री गरिएका बालिकाको उमेर ६ महिनादेखि १७ वर्षको उमेरका रहेका पनि बताएको छ । एक रिपोर्टअनुसार हाल यहाँका २८ प्रतिशत युवतीको १८ वर्ष अगावै विवाह हुने गरेको छ । महिला तथा बालिकाको यस्तो अवस्था रहेको अफगानिस्तानमा हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुनसक्ने भन्दै यसप्रति युनिसेफले चिन्ता व्यक्त गरेको हो ।

Logo