इक्वेडरको कारागारमा झडप, ५८ कैदीको मृत्यु

इक्वेडरको कारागारमा झडप, ५८ कैदीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इक्वेडरमा एउटा कारागारमा भएको झडपमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ। दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन्। कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो।

सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए। सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो।

कारागारभित्र झडप बढ्नुको मुख्य कारण लागूऔषधि तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ। तस्कर समूहका एक नायिकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका  गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानकारी दिए। 

कारागारको एउटा ब्लकको नायिकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो। झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो। जेलभित्र  ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ। झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।एजेन्सी

Logo