इतिहासमा आजः नासाको म्यारिनर यान मंगलग्रहको कक्षमा प्रवेश, बेलायतका राजकुमार चार्ल्सको जन्म

इतिहासमा आजः नासाको म्यारिनर यान मंगलग्रहको कक्षमा प्रवेश, बेलायतका राजकुमार चार्ल्सको जन्म

केन्द्रबिन्दु
0
Shares

आज १४ नोभेम्बर। आज विश्व इतिहासमा केही वैज्ञानिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए। त्यस्तै, केही साहसिला र रमाइला घटना पनि आज नै भएका थिए। प्रस्तुत छ इतिहासम आज भएका केही रमाइला घटनाः

नासाको म्यारिनर यान मंगल ग्रहको कक्षमा
नासाको म्यारिनर–९ यान आज मंगल ग्रहको कक्षमा पुगेको थियो। अन्तरिक्षमा १६७ दिन बिताएपछि सो यान सन् १९७१ को १४ नोभेम्बरमा मंगल ग्रहको कक्षमा पुगेको थियो। यान मंगलको कक्षभित्र १५ मिनेटसम्म रहेको थियो। ग्रहभित्रको प्रदूषणका कारण म्यारिनले त्यहाँबाट तस्विर खिचेर पृथ्वीमा पठाउन सकेको थिएन्। 

अमेरिकी पत्रकारको विश्व भ्रमण
८० दिनमा विश्व भ्रमण पूरा गर्ने लक्ष्य राखेकी अमेरिकी पत्रकार निली ब्लाईले सन् १८८९ को १४ नोभेम्बरमा होबोकेनबाट आफ्नो यात्रा सुरु गरेकी थिइन्। उनले ७२ दिनमै आफ्नो यात्रा पूरा गरेर रेकर्ड बनाएकी थिइन्।

बेलायतका राजकुमार चार्ल्सको जन्म
बेलायती राजतन्त्रका उत्तराधिकारी तथा बेलायतकी महारानी द्वितीय र ड्युक अफ इडनवर्ग प्रिन्स फिलिपका छोरा प्रिन्स चार्ल्सको जन्म आजकै दिन अर्थात सन् १९४८ को १४ नोभेम्बरमा भएको थियो।

Logo