हवाई आक्रमणमा १८६ हुथी विद्रोही मारिए

हवाई आक्रमणमा १८६ हुथी विद्रोही मारिए

केन्द्रबिन्दु
0
Shares

यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले जानकारी दिएको छ।  

एक दिनपछि यमनको दक्षिण भागमा पर्ने रेड सी बन्दरगाह शहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकारीहरूले बताएका छन्। 

साउदी नेतृत्वको गठबन्धनले सरकारको अन्तिम गढ मारिब सहरमा विद्रोहीहरुलाई हटाउने उद्देश्यले गत अक्टोबरदेखि लगभग दैनिक रुपमा गरेका हवाई आक्रमणमा उच्च संख्यामा विद्रोहीहरु मारिँदै आएका सरकारी स्रोतले जानकारी दिएको छ। केही समययताबाट दैनिक रुपमा साउदी नेतृत्वको गठबन्धनले शुरु गरेको हवाई आक्रमणहरुमा तीन हजार भन्दा बढी विद्रोहीका मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ। तर इरान समर्थित हुथीहरूले विरलै मात्र यस हताहतको टिप्पणी गर्ने गरेका पनि समाचारमा जनाइएको छ। 

यद्यपी एएफपीले गठबन्धनको विद्रोहीहरु मृतकहरुको तथ्याङ्कलाई स्वतन्त्ररूपमा प्रमाणित गर्न सकेको छैन्। गत शुक्रबार विद्रोहीहरूले होडेडाको दक्षिणमा रहेको एउटा ठूलो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए। 

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ। यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्।

Logo