इतिहासमा आजः पाकिस्तानमा पहिलो महिला प्रधानमन्त्री, युनेस्कोको स्थापना

इतिहासमा आजः पाकिस्तानमा पहिलो महिला प्रधानमन्त्री, युनेस्कोको स्थापना

केन्द्रबिन्दु
0
Shares

आज १६ नोभेम्बर। आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही एतिहासिक विश्व घटनाः   

वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री
सन् १९८८ मा वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन्। मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टोले १९८८ देखि १९९० सम्म शासन गरेकी थिइन्। उनी सन् १९९३ देखि १९९६ सम्म दोस्रो पटक पनि प्रधानमन्त्री बनेकी थिइन्।

ह्यारी पोटरमा आधारित चलचित्र
सन् २००१ मा प्रसिद्ध पुस्तक ह्यारी पोटरमा आधारित चलचित्र निर्माण भएको थियो। ह्यारी पोटर उपन्यासका लेखक जे के रोलिङ हुन्।

इस्टोनियाद्वारा सार्वभौम सम्पन्न देश घोषणा
सन् १९८८ मा तत्कालिन सोभियत युनियनबाट इस्टोनिया सार्वभौमसम्पन्न देश भएको घोषणा गरेको थियो। सिंगिङ क्रान्तिको एउटा अंशको रुपमा घोषित सो कानुनले सोभियत कानुनमाथि प्रभुत्व जमाएको थियो। हरेक १६ नोभेम्बरलाई इस्टोनियाले सार्वभौमसत्ता घोषणा वर्षको रूपमा मनाउँछ।

युनेस्कोको स्थापना
सन् १९४५ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) राष्ट्रसंघको एउटा अभिन्न अंगको रुपमा स्थापना गरिएको थियो। युनेस्कोले शिक्षा, वैज्ञानिक सहकार्य र सांस्कृतिक आदान प्रदानमार्फत विश्वमा शान्ति र भलाइका लागि काम गर्छ। पेरिस मुख्यालय रहेको युनेस्कोका १९५ देश सदस्य छन्।एजेन्सी

Logo