बुर्किनाफासोमा भएको आतंककारी हमलामा २८ सैनिकसहित ३२ जनाको मृत्यु

बुर्किनाफासोमा भएको आतंककारी हमलामा २८ सैनिकसहित ३२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुर्किनाफासोमा भएको आतंककारी हमलामा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ। यस हमलामा २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो। बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए।

आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन्। उनका अनुसार सो क्षेत्रमा आतंककारीहरुले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन्।

Logo