युरोप र एशियालाई जोड्ने नहर निर्माण, ग्रीसको क्याम्पसमा सेनाले हस्तक्षेप गरेको त्यो दिन

युरोप र एशियालाई जोड्ने नहर निर्माण, ग्रीसको क्याम्पसमा सेनाले हस्तक्षेप गरेको त्यो दिन

केन्द्रबिन्दु
0
Shares

आज १७ नोभेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण सम्पन्नदेखि चर्चित वाटरगेट कान्डमा रिचार्ड निक्सनले आज आफूलाई निर्दोष साबित गर्न खोजेका थिए।  प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

१९८९ को भेलभेट क्रान्ति
वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी सहरमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए। अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले दमन गरेको थियो। दमनको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्वचेकोस्लाभियामा कम्युनिस्ट शासन ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो।

एथेन्सको विद्यार्थीको क्रान्ति
सन् १९७३ मा ग्रीसमा भएको एथेन्स पोलिटेक्निक क्रान्ति पनि विश्व इतिहासमा स्मरण लायक घटना हो। एथेन्समा तत्कालिन सैन्य सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए। १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा गोली प्रहार गरेको थियो। सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन्।

स्युज नहर निर्माण सम्पन्न
युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो। रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो।

रिचार्ड निक्सनको दाबी
चर्चित वाटरगेट कान्डबारे तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले सन् १९७३ को १७ नोभेम्बरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। निक्सनले आफू निर्दोष भएको दाबी गरेका थिए। ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका थिए। पदबाट राजीनामा दिने उनी पहिले अमेरिकी राष्ट्रपति हुन्। निक्सनका उत्तराधिकारी जेराल्ड फोल्डले निक्सनलाई माफी दिएका थिए।

Logo