भारतमा कोराेना संक्रमण दर निरन्तर घट्दो, यस्ताे छ पछिल्लाे अवस्था

भारतमा कोराेना संक्रमण दर निरन्तर घट्दो, यस्ताे छ पछिल्लाे अवस्था

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ। कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र सक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ। त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ।

अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यो दर सन् २०२० पछिकै उच्च हो। भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन्। अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन्। भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ।

खोप अभियान तीब्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।एजेन्सी

Logo