आँधीपछि क्यानडामा संकटकाल

आँधीपछि क्यानडामा संकटकाल

केन्द्रबिन्दु
0
Shares

क्यानडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो । 

कोलम्बियामा मंगलबार राती ठुलो आँधी आएको थियो ।  आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका थिए ।

आँधीका कारण देशको सबैभन्दा ठुलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

Logo