इतिहासमा आजः इन्दिरा गान्धीको जन्म, पेलेको १०००औं गोल

इतिहासमा आजः इन्दिरा गान्धीको जन्म, पेलेको १०००औं गोल

केन्द्रबिन्दु
0
Shares

आज १९ नोभेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण
सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए। इजरायलको भ्रमण गरेर त्यहाँको संसद केन्ससेटमा सम्बोधन गर्ने सादत अरब राज्यका पहिलो सरकार प्रमुख हुन् । इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए। अरब- इजरायल तनाब अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई संयुक्त रुपमा नोबेल पुरस्कार वितरण गरिएको थियो।

चन्द्रमामा दोस्रो पटक अवतरण
सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो। नासाको एपोलो कार्यक्रमअन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो।

पेलेको १०००औं गोल
ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औं गोल गरेका थिए। २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए।

इन्दिरा गान्धीको जन्म
आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो। सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा  हत्या भएको थियो। गान्धी सन् १९६६ देखि सन् १९८४ सम्म गरी १५ वर्षसम्म भारतको प्रधानमन्त्री बनेकी थिइन्। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।एजेन्सी

Logo