अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ

अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ। राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन्। 

राष्ट्रसंघका अनुसार अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा परेको छ। हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको छ। खाद्यान्न अभावकै कारण विकृति देखिएका छन्। मानिसहरुले आफ्ना सन्तान बेच्न थालेका छन्। केही अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेका छन् भने बाल विवाहका घटना बढेका छन्।

‘यतिबेला अफगानिस्तानका मानिसहरुको समस्याबाट भाग्ने समय होइन्,’ लायोन्सले भनिन्। संकटको समयमा अफगानिलाई बिर्सनु गम्भीर भूल हुने र त्यसले नराम्रो परिणाम ल्याउने पनि उनले चेतावनी दिइन्।एजेन्सी

Logo