इतिहासमा आजः चीन र भारतबीचको युद्ध अन्त्य, पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला

इतिहासमा आजः चीन र भारतबीचको युद्ध अन्त्य, पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला

केन्द्रबिन्दु
0
Shares

आज २१ नोभेम्बर। आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा भएका केही स्मरणीय घटनाः

पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला
सन् १९७९ मा एउटा अज्ञात मुस्लिम समूहले पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगो लगाइदिएको थियो। मुसलमानहरुको पवित्र सहर मक्काको एउटा मस्जिद बिस्फोटको घटनामा अमेरिकासमेत संलग्न रहेको आरोप लगाउँदै समूहले अमेरिकी दूतावासमा हमला गरेको हो। आगलागीबाट दूतावास भवनमा क्षति पुगेको थियो।

संसारको लामो सस्पेन्सन ब्रिज
सन् १९६४ मा संसारकै लामो सस्पेन्सन ब्रिज सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। न्युयोर्कको ब्रुकलाईन र स्टेटन टापु जोड्ने सो पुल विश्वकै पहिलो लामो सस्पेन्सन ब्रिज हो। सन् १९८१ मा बेलायतमा निर्माण भएको सस्पेन्सन पुलले अमेरिकाको रेकर्ड तोडेको थियो।

चीन र भारतबीचको युद्ध अन्त्य
सीमा विवादलाई लिएर एसियाका शक्तिशाली दुई देश भारत र चीनले बारम्बार युद्ध गरेका छन्। त्यस्तै युद्ध सन् १९६२ मा भएको थियो। सीमा विवादलाई लिएर भएको सो युद्ध एक महिनापछि अर्थात आजकै दिन समाप्त भएको थियो। चीनले एक पक्षीय ढंगले युद्धबिराम घोषणा गरेपछि एक महिना लामो युद्ध समाप्त भएको थियो।

आयरल्यान्डको ब्लडी सन्डे
सन् १९२० मा आयरल्यान्डको स्वतन्त्र युद्धको समयमा एउटा दुःखद घटना भएको थियो, जुन अहिले पनि इतिहासमा सम्झिइन्छ। ब्रिटीश सरकार र आयरल्यान्डीच भएको युद्धको क्रममा सन् १९२० को २१ अक्टोबरको आइतबार मिसेल कोलिन्स नेतृत्वको आईरिस रिपब्लिक आर्मी (आइआरए) ले ३० ब्रिटीश नागरिकको हत्या गरिदिएको थियो।एजेन्सी

Logo