आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

केन्द्रबिन्दु
0
Shares

आन्ध्र प्रदेशमा आएको अबिरल वर्षापछिको बाढीबाट कम्तिमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्। वर्षापछि तीन तले घर भत्किँदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ। घरभित्र फसेका चार जनाको उद्दार कार्य जारी छ। 

बाढीका कारण तिरुपती सहरमा हजारौं तीर्थयात्री फसेका छन्। तिरमला पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयाैं तीर्थयात्री अलपत्र परेका छन्।

सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन वटा बस बाटोमै फसेका छन्। बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ। बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ। त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन्। 

बिहीबारदेखि परेको बर्षाका कारण चेयुरु नदी बहाब बढेको छ। बाढी प्रभावितको उद्दारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ।एजेन्सी

Logo