इतिहासमा आजः पूर्वी टिमोर स्वतन्त्र, मंगल ग्रहमा नासाको यान

इतिहासमा आजः पूर्वी टिमोर स्वतन्त्र, मंगल ग्रहमा नासाको यान

केन्द्रबिन्दु
0
Shares

आज २८ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

गणतन्त्र दक्षिण ओसेटिया घोषणा
सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो। ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो। रसिया भेनेजुएलालगायत केही देशहरुले मात्र दक्षिण ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन् । 

पूर्वी टिमोर स्वतन्त्र
सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो। पूर्वी टिमोर लामो समयदेखि पोर्चुगलको अधिनमा थियो । 

मंगल ग्रहमा नासाको यान
सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो। मंगल ग्रहबाट तस्विर खिचेर पृथ्वीमा पठाउने यो पहिलो यान हो। 

तेहरानबारे सम्मेलन
सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो। सम्मेलनले युरोप र एशियासँग कूटनीतिक कदम चाल्ने विषयमा छलफल भएको थियो। सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो।एजेन्सी

Logo