इतिहासमा आजः बार्सीलोना फुटबल क्लबको स्थापना, थाइल्यान्डमा कु

इतिहासमा आजः बार्सीलोना फुटबल क्लबको स्थापना, थाइल्यान्डमा कु

केन्द्रबिन्दु
0
Shares

आज २९ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

थाइल्यान्डमा साइलेन्ट कु
सन् १९५१ मा थाइल्यान्डको सेनाले देशको सत्ता हातमा लिएरको थियो। सत्ता हातमा लिएपछि सेनाले सन् १९३२ मा त्यहाँको संविधान पुनर्स्थापना गरेको थियो।

दक्षिणी ध्रुवमा पहिलो उडान
अमेरिकी अन्बेषक रिचार्ड बार्ड दक्षिणी पोलमा उड्ने पहिलो व्यक्ति हुन्। उनले सन् १९२९ को २९ नोभेम्बरमा १८ घन्टा लगाएर दक्षिणी पोलमा उडेका थिए। त्यसको तीन वर्षअघि बार्ड उत्तरी ध्रुवमा उडेका थिए। तर, उनले आफ्नो अभियान पूरा गरे वा गरेनन् भन्ने बारेमा अहिले पनि बहस चलिरहेको छ।
 
बार्सीलोना फुटबल क्लबको स्थापना
सन् १८९९ मा फुटबलर हान्स ग्याम्परले अहिलेको चर्चित फुटबल क्लब बार्सिलोनाको स्थापना गरेका थिए । बार्कासमेत भनिने यो क्लब विश्वकै पाँच धनी फुटबल क्लबमध्येको एक हो। क्लबले चार पटक युरोपेली कप जित्नुका साथै सन् २०१५ सम्म पाँच पटक च्याम्पियन लिग विजेता बनेको थियो।
 
प्यालेस्टाइन विभाजनका लागि संकल्प प्रस्ताव
सन् १९४७ मा राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजनका लागि संकल्प प्रस्ताव गरेको थियो। महासभाले प्यालेस्टाइनलाई अरब र यहुदी गरी दुई राज्मा विभाजन गर्ने प्रस्ताव ल्याएको थियो। तर, सो प्रस्ताव कार्यान्वयनमा भने आएको थिएन। 

Logo