बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

केन्द्रबिन्दु
0
Shares

बेलायतमा सम्पूर्ण वयस्कलाई कोभिडविरुद्धको खोप दिइने भएको छ। ओमिक्राेन ‌भेरियन्टकाे त्रास बढिरहेका बेला सबै वयस्कलाई बुस्टर डोज दिन लागिएको हो। 

खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको हो। ‘हामीले १८ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने।

बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ। नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ। नयाँ भेरियन्ट देखिएसँगै फेस मास्क अनिवार्य गरिएको छ भने शंकास्पद व्यक्तिलाई आइसोलेसनमा बस्न अनुरोध गरिएको छ।

बेलायतमा अहिलेसम्म १ करोड ८० लाखले बुस्टर डोज लगाइसकेका छन्। अब १८ देखि ३९ वर्ष उमेर समूहका १ करोड २८ लाखलाई बुस्टर डोज दिइनेछ।एजेन्सी

Logo