इतिहासमा आजः प्यालेस्टाइनमा गृहयुद्ध, फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु

इतिहासमा आजः प्यालेस्टाइनमा गृहयुद्ध, फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु

केन्द्रबिन्दु
0
Shares

आज ३० नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
 
प्यालेस्टाइनमा गृहयुद्ध
सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो। संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने संकल्प प्रस्ताव पारितसँगै गृहयुद्ध भएको थियो। नोभेम्बर ३० मा सुरु भएको युद्धमा धेरै हिंसा भएका थिए। दुई वटा गाडीभित्र रहेका इजरायली यात्रुहरुलाई अरबी बन्दूकधारीले तेल अभिभमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। १४ मेमा इजरायलले आफूलाई स्वतन्त्रत राष्ट्र घोषणा गर्यो। युद्धमा इजिप्ट, जोर्डन, सिरिया आबद्ध भएपछि १५ मेमा सो युद्ध क्षेत्रीय युद्धमा परिणत भएको थियो।

शीतयुद्ध सुरु
सन् १९३९ मा तत्कालिन सोभियत युनियनले फिनल्यान्डमा अतिक्रमण गरेर हेलसिन्कीमा हमला गरेपछि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध भएको थियो। मस्को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९४० को ३० मार्चमा युद्ध अन्त्य भएको थियो। आक्रमणका कारण सोभियत युनियन लिग अफ नेसनबाट निस्काशित भएको थियो।
 
पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता
सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो। स्कटल्यान्डको प्याट्रिकस्थित क्रिकेट क्लबमा बेलायत र स्कटल्यान्डबीच खेल भएको थियो। खेल बराबरीमा समाप्त भएको थियो। 

माइकल ज्याक्सनको गीत रेकर्ड
सन् १९८२ मा माइकल ज्याक्सनको गीतहरुको एलबम थ्रीलर विश्वव्यापी सार्वजनिक भएको थियो। सर्वाधिक बिक्री भएको भनिएको सो एलबमको नौ वटा ट्र्याक छन्। एलबमले ८ वटा ग्र्यामी अवार्ड जितेको छ। सन् १९८४ मा वर्षको सर्वाधिक लोकप्रिय एल्बम बनेको थियो।

Logo