५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको ‘दुबई’

५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको ‘दुबई’

केन्द्रबिन्दु
0
Shares

युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए। ६४ वर्षीय फौद अहिले  रिटायर्ड इन्जिनियर हुन्। सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाई उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबइका संस्थापक शेख जायद बिन सुल्तानको फोटो बोकेर सहरका विभिन्न सडकमा मार्च गरेका थिए । 

अबुधाबी परेडपछिका घटनाहरुको स्मरण गर्दा उनका आँखाबाट अहिले आँशु झर्छ। ‘५० वर्षपछि मैले  विशेष महशुस गरिरहेको छु,’ उनी अगाडि भन्छन्, ‘त्यो परेड म र मेरो देशका लागि नै महत्त्वपू‌र्ण यात्रा थियो । ’

दुबईको कूल एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी छन्। दुबई स्थापना हुँदा यहाँको जनसं‍ख्या जम्मा तीन लाख थियो। अधिका‍ंश घरहरु माटो र इट्टाले बनेका थिए। तर, अहिले भने दुबई आर्थिक र राजनीतिक रुपमा मध्ये पूर्वकै शक्तिशाली देश साबित भएको छ। 

मोतीको सहरसमेत भनिने दुबई अहिले विश्व बजार र वित्तिय गतिविधिको मुख्य केन्द्र हो। विश्वका ठूला ठूला गगनचुम्बी महलको घर दुबई अहिले विश्वकै मुख्य गन्तब्य बनेको छ। 

‘बर्षाैं अघि मानिसहरुले खजुरको हाँगा माटो र ईंटाबाट घर बनाउँथे। तर, ती सबै अहिले एकादेशको कथा बनेको छ,’ फउद भन्छन्। 

‘तत्कालिन शेख जयेदले अरब राष्ट्रबादमा  विश्वास गर्थे। दुबई महासंघ बनाउन उनले सात ‍वटा इमिरेट्सलाई एकजुट बनाएका थिए’, इन्टरनेसनल क्राइसिस ग्रुपका थिंक ट्यांक इलहाम फाकहरो भन्छन्। विश्वमा उत्पादित कच्चा पदार्थमध्ये अधिकांश कच्चा पदार्थ अहिले पनि दुबईमा उत्पादन हुन्छ। 

सन् १९७० देखि तेल र ग्यासका कारण दुबइको तीव्र अ‍ार्थिक बृद्धि भइरहेको छ। दुबईको तेलको स्रोतका कारण राजधानी अबुधाबी वित्तीय यातायात पर्यटक र सञ्चारमाध्यमहरुका लागि मुख्य गन्तव्य बनेको छ। 

सन् २०११ को अरब क्रान्तिपछि दुबइले अ‍ाफ्नो विदेश नीति परिमार्जन गरेको छ। उसले मध्ये पूर्व र अफ्रिकामा भइरहेका युद्धको मध्यथता गरिरहेको छ। द्वन्द्वका कारण अरब मुलुकबाट भागेर अधिकांश मानिस यहाँ शरण लिइरहेका छन्। 

‘छिमेकी मुलुकहरुमा भइरहेका जोखिमको दुबईले नजिकबाट  मूल्यांकन गरिरहेको छ,’ फाकहरो भन्छन्। स्वतन्त्रपछि दुबई सापेक्षरुपमा तटस्थ थियो। तर, अरब क्रान्तिपछि उसले सक्रिय विदेश नीति अं‍गिकार गरेको छ। दुबई मुस्लिम राजनीतिको प्रखर विरोधी हो। दशकौं लामो अरब राष्ट्रहरुसँग गरेको सहमतिलाई उल्लंघन गर्दै गत वर्ष उसले इजरायललाई मान्यता दिने एतिहासिक  नि‌‌र्णय गरेको थियो। 

‘क्षेत्रीय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा दुबै यस क्षेत्रमा आवश्यकताअनुसार अझै बढी जबाफदेही हुन आवश्यक छ’, राष्ट्रपतिका सल्लाहकार अनवर गारगस भन्छन्।एजेन्सी

Logo