बार्बेडोस बन्यो विश्वको कान्छो गणतन्त्र

बार्बेडोस बन्यो विश्वको कान्छो गणतन्त्र

केन्द्रबिन्दु
0
Shares

क्यारेबियन टापु देश बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको छ। ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र देश बनेको हो।

राजधानी सहरक ब्रिजटाउनमा आयोजित एक समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको सपथ खुवाइएको थियो। बार्बेडोस स्वतन्त्र भएको ५५ औँ वार्षिकीको अवसर पारेर समारोह आयोजना भएको थियो। 

समारोहमा बेलायतका युवराज चार्ल्स तथा बार्बेडियाकी गायिका रिहानाको उपस्थिति थियो। सो अवसरमा युवराज चार्ल्सले बार्बेडोसले विगतमा दासता भोगेको बताएका थिए।

समारोहमा बेलायतकी महारानीले बार्बेडोसलाई पठाएको शुभकामना पढिएको थियो। महारानीले बार्बेडोसको सुख, शान्ति र समृद्धिको कामना गरेकी थिइन्।एजेन्सी

Logo