विमानमै यात्रुकाे मृत्युः उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान

विमानमै यात्रुकाे मृत्युः उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान

केन्द्रबिन्दु
0
Shares

भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ। जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे। 

'मेडिकल अ‌ापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेकाे एयर इन्डियाकाे विमान नयाँ दिल्ली फर्किएकाे छ, ' एयर इन्डियाका एक अधिकारीले भने। 

विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूहले विमानभित्र विरामीकाे परीक्षण गरेकाे थियाे। समूहले तत्कालै विरामीलाई मृत घाेषित गरेकाे थियाे । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेकाे जनाइएकाे छ। 

शवलाई साेही विमानमार्फत अमेरिका पठाइएकाे छ। एजेन्सी

Logo