इतिहासमा आज: अमेरिकामा दास प्रथा अन्त्य, आइरिस स्वतन्त्र राज्य घोषणा

इतिहासमा आज: अमेरिकामा दास प्रथा अन्त्य, आइरिस स्वतन्त्र राज्य घोषणा

केन्द्रबिन्दु
0
Shares

आज ६ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र
सन् १९७७ मा दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र भएको थियो। तर, वोत्स्वाना गणतन्त्रले कहिल्यै पनि अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन। सन् १९४४ मा भएका शृंखलाबद्ध कुपछि यो दक्षिण अफ्रिकासँग मिसिएको थियो । 

पहिलो पटक बच्चाको मुटु प्रत्यारोपण
सन् १९६७ मा पहिलो पटक बच्चाको मुटुको सफल प्रत्यारोपण भएको थियो। दक्षिण अफ्रिकामा पहिलो पटक  विश्वमा नै पहिलो प्रत्यारोपणपछि अमेरिकामा पहिलो पटक बालकको मुटुको प्रत्यारोपण भएको थियो। डा. एड्रियन क्यान्ट्रोविज र उनको समूहले ब्रुकलाईनस्थित मिमोनाईड्स मेडिकल सेन्टरमा मुटु प्रत्यारोपण गरेको थियो। 

आइरिस स्वतन्त्र राज्य घोषणा
सन् १९२२ मा आइरिस स्वतन्त्र राज्य घोषणा गरिएको थियो। ब्रिटीश र अ‌इरिस प्रतिनिधिबीच सन् १९२१ मा भएको एउटा सन्धीपछि डोमिनेशन अफ ब्रिटीश शासन स्थापना संभव भएको थियो। सो राज्य सन् १९३७ सम्म अस्तित्वमा आएको थियो। 

फिनल्यान्डको स्वतन्त्रता
सन् १९१७ मा फिनल्यान्ड स्वतन्त्र भएको थियो। उत्तरी युरोपेली देश फिनल्यान्ड सन् १८०९ मा रसियाली शासनको नियन्त्रणमा थियो। रसियाको अक्टोबर क्रान्तिपछि सोभियत युनियन खडा भएसँगै फिनल्यान्डको संसदले स्वतन्त्रता घोषणा गरेको थियो। 

अमेरिकामा दास प्रथा अन्त्य
सन् १८६५ मा अमेरिकी संविधानको १३ पटक संशोधन भएको थियो । संशोधनसँगै अमेरिकामा दास प्रथा अन्त भएको थियो । 

Logo