वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजायँ

वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजायँ

केन्द्रबिन्दु
0
Shares

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजायँ ताेकिएकाे छ। 

म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजायँ सुनाएकाे हाे। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ। यसबाहेक उनीविरुद्ध ११ आराेप लगाइएकाे छ । सुकीले आफूमाथि लगाइएका सबै आराेप अस्वीकार गर्दै आएकी छिन्। 

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले आराेप लगाउँदै आएकाे छ। 

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आराेपमा मुद्दा लगाउँदै आएकाे थियाे।एजेन्सी

Logo