म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँच जनाकाे मृत्यु, दर्जनाैं घाइते

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँच जनाकाे मृत्यु, दर्जनाैं घाइते

केन्द्रबिन्दु
0
Shares

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाकाे मृत्यु भएकाे छ भने अरु दर्जनाैं घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ। म्यानमारकाे व्यवसायिक राजधानी यांगुनमा सेनाकाे एउटा ट्रक प्रदर्शनकारीहरुमाथि कुदाइदा उनीहरुकाे मृत्यु भएकाे हाे। सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गाेली प्रहार गरेकाे थियाे। 

फेब्रुवरीमा सेनाकाे कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीकाे मृत्यु भएकाे छ भने हजाराैंलाई जेल हालिएकाे छ । पछिल्लाे प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् । 

प्रदर्शनकारीमाथि ट्रक चलाइएकाे विषयलाई सेनाले अस्वीकार गरेकाे छ। बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएकाे सरकारकाे दाबी छ। 

विगतमा सरकारविरुद्ध भएका प्रदर्शनमा सेनाले गाेली चलाउँदा ठूलाे संख्यामा प्रदर्शनकारीकाे मृत्यु हुन थालेपछि प्रदर्शनकारीले साना र्याली र भेला गर्न थालेका छन्।एजेन्सी

Logo