आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजायँ

आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजायँ

केन्द्रबिन्दु
0
Shares

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजायँ आधा घटाइएकाे छ। म्यानमारको अदालतले सुकीमाथिकाे सजायँ आधा घटाएकाे हाे। यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजायँ सुनाएकाे थियाे । 

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ। यसबाहेक उनीविरुद्ध ११ आराेप लगाइएकाे छ। सुकीले आफूमाथि लगाइएका सबै आराेप अस्वीकार गर्दै आएकी छिन् । 

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले आराेप लगाउँदै आएकाे छ। 

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आराेपमा मुद्दा लगाउँदै आएकाे थियाे ।एजेन्सी

Logo