यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे

यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे

केन्द्रबिन्दु
0
Shares

भारतीय मूलका एक अमेरिकी मालिकले जुम बैठकमार्फत एकै पटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइअ‌ाे विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस अ‌ाउनु केही दिनअघि उनले गरेको निर्णयलाई धेरैले क्रूर र स्वेच्छाचारी भनेका छन् । 

कर्मचारीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र बजारमा देखिएको परिवर्तनका कारण आफू कठोर निर्णयमा पुगेको गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

आफ्नो निर्णयबाट आफै दुखी भएको उनले बताएका छन् । 'पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेको फर्चुन म्यागेजिनले पुष्टि गरेको छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।

Logo