इतिहासमा आजः दोस्रो विश्वयुद्धमा अमेरिका प्रवेश भएको त्यो दिन

इतिहासमा आजः दोस्रो विश्वयुद्धमा अमेरिका प्रवेश भएको त्यो दिन

केन्द्रबिन्दु
0
Shares

आज ९ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाहरूः 

रोमानियामा प्रजातन्त्र
सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो। जनमत संग्रहमार्फत नयाँ संबिधान पारित भएको थियो। ४२ वर्षको कम्युनिस्ट शासन ढलेपछि रोमानियामा प्रजातन्त्र आएको थियो।
 
प्यालेस्टाइनमा आन्दोलन
प्यालेस्टाइनको भूमिमा इजरायलको अतिक्रमणविरुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो। इजरायलको सेनाको ट्रकले एउटा कारमाथि हमला र चार सर्वसाधारणको  हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो। सन् १९९१ मा भएको म्याड्रिड सम्मेलनपछि सन् १९९३ मा हिंसा समाप्त भएको थियो। प्यालेस्टाइन र इजरायलबीच सन् २००० मा दोस्रो चरणको हिंसा भएको थियो।

दोस्रो युद्धमा अमेरिकाको प्रवेश
सन् १९४१ मा अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो। सन् १९४१ को ८ डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो। सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो।

राष्ट्रमन्डल घोषणा
सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो। बेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो।

Logo