जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल

जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल

केन्द्रबिन्दु
0
Shares

जर्मनीको संसद (बुन्डेस्टाग)ले  ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ। सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन्। सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन्। जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो।

यससँगै जर्मनीमा एन्जेला मर्केलको युग समाप्त भएको छ। १६ वर्ष शासन गरेकी मर्केल सत्ताबाट बाहिरिएकी छन्। ओलाफको आगमनलाई बर्लिनमा मर्केल नेतृत्वको रुढीवादी शासनको अवसान र जर्मन तथा युरोपीय राजनीतिमा एक नयाँ राजनीतिक युगको सुरुवात भनिएको छ।

ओलाफको सत्ता गठबन्धनले सामाजिक न्याय, कार्बन उत्सर्जनमा कटौतीका प्रयासमा तीव्रता ल्याउने र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।एजेन्सी

Logo