तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा साढे ६ हजार पत्रकारको जागिर गयाे

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा साढे ६ हजार पत्रकारको जागिर गयाे

केन्द्रबिन्दु
0
Shares

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ। 

गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ (एआईजेए)ले गरेको सर्वेक्षणअनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय परिवर्तन भएको छ। तालिवानको सत्तापलटपछि २३१ सञ्चार माध्यमहरु बन्द भएका छन्। अफगान सञ्चार माध्यममा तालिवान सत्ताको प्रभाव नाटकीय रुपमा देखिएको सर्वेक्षणमा जनाइएको छ।

हरेक १० सञ्चार माध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन्। यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चार माध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् । 

‘५४३ सञ्चार माध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ वटा मात्र सक्रिय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चार माध्यम हराएका छन्,’ सर्वेक्षणमा भनिएको छ।

चार महिनाअगाडि मात्र अधिकांश अफगान प्रान्तमा कम्तिमा १० वटा निजी सञ्चार माध्यम थिए। तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चार माध्यम नरहेको जनाइन्छ।एजेन्सी

Logo