इतिहासमा आजः माओको जन्म दिन, विनाशकारी सुनामी

इतिहासमा आजः माओको जन्म दिन, विनाशकारी सुनामी

केन्द्रबिन्दु
0
Shares

आज २६ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

विनाशकारी सुनामी

सन् २००४ मा इन्डोनेसियामा शक्तिशाली भूकम्पछि आएको विनाशकारी सुनामीबाट इन्डोनेसिया, भारत, मलेसिया, श्रीलंका र थाइल्यान्डमा ठूलो क्षति भएको थियो । ९ दशमलव १ रेक्टर स्केलको भूकम्पपछिको सुनामीलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो विपद् मानिन्छ।

मेन अफ दी इयर

सन् १९८२ मा अमेरिकाको प्रसिद्ध टाइम म्यागेजिनले पर्सनल कम्प्युटरलाई मेन अफ दी इयर घोषित गरेको थियो। कुनै पनि घटना चाहे ती सकारात्मक हुन वा नकारात्मक, त्यसले समाजमा पार्ने असरलाई आधार मानेर टाइम म्यागेजिनले सन् १९२७ देखि मेन अफ दी इयर घोषणा गर्न थालेको थियो ।

अमेरिकामा सांस्कृतिक बिदा

सन् १९६६ मा पहिलो पटक अमेरिकामा रहेका अफ्रिकी डायसपोराले एक साता लामो सांस्कृतिक पर्व कावान्जा मनाइएको थियो। अफ्रिकी संस्कृतिको अध्ययन गर्ने प्राध्यापक तथा अश्वेत आन्दोलनका अग्रणी  मौलाना कारेन्गाको अगुवाइमा सो पर्वमा बिदा दिन थालिएको थियो। यो पर्व हरेक वर्षको २६ डिसेम्बरदेखि १ जनवरीसम्म मनाइन्छ र सातै दिन अफ्रिकी समुदायलाई सार्वजनिक बिदा दिइन्छ।

माओको जन्म दिन

आजकै दिन अर्थात सन् १८९३ को २६ डिसेम्बरमा चिनियाँ कम्युनिस्ट नेता माओ जेदोङको जन्म भएको थियो। जनगणतन्त्र चीनका अध्यक्ष रहेका जेदोङ चीनको चर्चित सांस्कृतिक क्रान्तिका अगुवासमेत हुन्।एजेन्सी

Logo