भारतमा ६० वर्षमाथिका सबैलाई कोभिडको बुस्टर डोजः प्रधानमन्त्री मोदी

भारतमा ६० वर्षमाथिका सबैलाई कोभिडको बुस्टर डोजः प्रधानमन्त्री मोदी

केन्द्रबिन्दु
0
Shares

भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ। सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। 

‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने। त्यस्तै, १५ वर्षदेखि  १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने भएको छ।

‘कोरोनाभाइरस हराएको छैन। अहिले ओमिक्रोनको नयाँ संक्रमण बढेको छ। क्रिसमस र पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको जन्मदिनको अवसरमा कोभिडबारे नयाँ घोषणा गरेका छौं,’ प्रधानमन्त्री मोदीले भने। 

बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदा महामारीविरुद्धको लडाई सशक्त हुने र विद्यालयमा अध्ययन अध्यापनको वातावरणासमेत सहज हुने उनले बताए। 

अहिलेसम्म भारतमा ६१ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो डोज लगाएका छन्।एजेन्सी

Logo