इतिहासमा आजः बेनेजिर भुट्टोको हत्या, इन्डोनेसिया स्वतन्त्र

इतिहासमा आजः बेनेजिर भुट्टोको हत्या, इन्डोनेसिया स्वतन्त्र

केन्द्रबिन्दु
0
Shares

आज २७ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

बेनेजिर भुट्टोको हत्या
सन् २००७ को २७ डिसेम्बरमा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको थियो। आगामी निर्वाचनबारे रावलपिन्डीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा एउटा आत्मघाती विस्फोटमा उनको मृत्यु भएको थियो।

इन्डोनेसिया स्वतन्त्र
सन् १९४९ मा इन्डोनेसिया स्वतन्त्र भएको थियो। चार वर्षको क्रान्ति र संर्घषपछि दक्षिणपूर्वी एशियाली देश इन्डोनेसिया स्वतन्त्र भएको थियो। सन् १९४५ मा सुकार्नोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थिए। उनको घोषणालाई सन् १९४९ मा डचले मान्यता दिएको थियो।

ट्रिटी अफ भर्सेलिज
सन् १९१८ देखि सन् १९१९ सम्म पोल्यान्डमा क्रान्ति भएको थियो। पोल्यान्डका तत्कालिन प्रधानमन्त्री इग्नेसी पादरविस्कीको एउटा भाषणपछि पोल्यान्डले जर्मनविरुद्ध विद्रोह घोषणा गरेको थियो। विद्रोहपछि भएको सन्धी ट्रिटी अफ भर्सेलिजपछि पोल्यान्डले केही नयाँ भूभाग प्राप्त गरेको थियो।

पहिलो पटक एनेस्थेसियाको प्रयोग
सन् १८४५ मा पहिलो पटक बच्चा जन्माउने क्रममा एनेस्थेसिया दिइएको थियो। अमेरिकी चिकित्सक डा क्राफोर्ड लङले प्रसुति व्यथा लागेपछि आफ्नै श्रीमतिलाई सो औषधि दिएका थिए। सोही घटनाले औषधि र शल्यक्रियाको क्षेत्रमा क्रान्ति ल्याएको थियो।एजेन्सी

आज बलिउड अभिनेता सलमानको जन्मदिन: यी हुन् उनका रोचक किस्सा

बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन। बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन। सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन्।

उनको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो । सलमानले कैयौं सफल फिल्म निर्माण गरेका छन्। फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउछन्। यहाँ सलमानको बारेमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन्-

सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गरेका छैनन्। यो कुराको खुलासा उनले कपिल शर्मा शोमा गरेका थिए। उनका अनुसार २० वर्ष यता उनी कुनै होटल र रेष्टुरेन्टमा गएका छैनन्।

उनी होटलमा जानुपर्ने अवस्था आएमा होटलको पछाडिको बाटो, किचनको बाटो, सर्भिस लिफ्ट या अन्य कुनै बाटोबाट जान्छन्। सलमान किचनको बाटो जान रुचाउँछन् किनकी भोक लागेको अवस्थामा उनले त्यहाँ खाना खान पाउँछन् ।

सलमानले सन् १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट बलिउडमा डेब्यू गरेका थिए। यो फिल्ममा उनले सहकलाकारको भूमिका निर्वाह गरेका थिए । उनलाई सुपरस्टार बनाउने काम सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’ले गर्‍याे। सन् १९८९ को यो फिल्म सुपरहिट भएको थियो।

यसपछि उनले ‘बागी’, ‘पत्थर के फूल’, ‘सनम बेवफा’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘जुडवा’, ‘वान्टेड’, ‘बजरंगी भाईजान’ र ‘एक था टाइगर’ जस्ता हिट फिल्ममा अभिनय गरे। सन् २०१० पछि सलमानको मुख्य भूमिकामा अभिनय रहेको फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिरहेका छन्। केही फिल्म दुई सय र तीन सय करोड क्लबमा पनि प्रवेश गरेका छन्।

सलमान हरेक वर्ष आफ्नो जन्मदिन फार्महाउस पनवेलमा परिवारका साथ मनाउँछन्। केक काट्न मन नपराउने सलमानको जन्मदिन केक उनका भतिज काट्छन्। सलमान उनीबाहेक अरुले आमा सलमा र हेलनलाई अन्यले छोएको मनपराउँदैनन्। उनका साथीहरु पनि टाढैबाट अंगालो मार्छन्। सलमानका भाइ अरबाज र सोहेल पनि नजिक जान डराउँछन् ।एजेन्सी

Logo