क्यालिफोर्नियामा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

क्यालिफोर्नियामा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। एउटा व्यवसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगो नजिकै दुर्घटना भएको हो। दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन्। तर, विमानमा कति जना यात्रु थिए भन्ने बारेमा प्रष्ट खुलेको छैन्।

दुर्घटनापछि विमानमा आगो लागेको थियो। अग्नि नियन्त्रकहरुले जलेका चार वटा शव फेला पारेका छन्।

विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ। सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटनाबारे अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ। 

सान्ता एनाको जोन वायन विमानस्थलबाट उडेको लियरजेट ३५ विमान इल क्याजोनको जिलेस्पी फिल्ड विमानस्थलतर्फ उडेको थियो।एजेन्सी

Logo