नासाको मार्स रोभर मंगल ग्रहमा अवतरण, अमेरिकाले क्युबासँग सम्बन्ध तोड्याे

नासाको मार्स रोभर मंगल ग्रहमा अवतरण, अमेरिकाले क्युबासँग सम्बन्ध तोड्याे

केन्द्रबिन्दु
0
Shares

आज ३ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर

सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर भएको थियो। आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो।

अमेरिकाले तोड्यो क्युबासँगको कूटनीतिक सम्बन्ध 

सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो। सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा अतिक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाको तत्कालिन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो।

रुसबाट अमेरिकाले किनेको भूभाग अमेरिकाको ४९ औं राज्य

सन् १९५९ मा अलास्का अमेरिकाको ४९ औं राज्य बनेको थियो। सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा ७२ लाख डलरमा किनेको थियो।

नासाको मार्स रोभर मंगल ग्रहमा

सन् २००४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगल ग्रहमा अवतरण गरेको थियो। मंगल ग्रहको सतहको रासायनिक तथा भौतिक बनौटबारे रोभरले अध्ययन गरेको थियो।

Logo