एक दिनमा विश्वभर ८ लाख कोरोना संक्रमित थपिए, ३ लाख ४१ हजार निकाे भए

एक दिनमा विश्वभर ८ लाख कोरोना संक्रमित थपिए, ३ लाख ४१ हजार निकाे भए

केन्द्रबिन्दु
0
Shares

विगत २४ घन्टामा विश्वभर ८ लाखकाे हाराहारीमा कोरोना संक्रमित थपिएका छन्। दैनिक थपिने  संख्या आज घटेको हाे।

यस अघि दैनिक १८ लाखसम्म थपिने गरेका थिए । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा ३ लाख ४१ हजार ४५२ जना कोरोनामुक्त भएका छन् भने २ हजार ८७५ जनाको मृत्यु भएको छ। अमेरिकामा एक लाख ६९ हजार, बेलायतमा एक लाख ३७ हजार, फ्रान्समा ५८ हजार, इटालीमा ६१ हजार र टर्कीमा ३३ हजार थपिएका छन्।

कोरोनामुक्त हुनेमा बेलायतमा ४५ हजार, रुसमा २६ हजार, जर्मनीमा साढे २२ हजार र टर्कीमा २२ हजार रहेका छन् । यस्तै मृत्यु हुनेको संख्या रुसमा ८११, अमेरिकामा १४२, टर्कीमा १२९, इटालीमा १३३ र बेलायतमा ७३ जना रहेका छन्।

यससँगै कोरोनाका कूल संक्रमितको संख्या २९ करोड ५ लाख ५४ हजार नाघेको छ। तीमध्ये २५ करोड ४५ लाख २ हजार जना निको भइसकेका छन् भने ५४ लाख ६० हजार १४५ को मृत्यु भइसकेको तथ्यांक छ।एजेन्सी

Logo