इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोश: यही हो नयाँ पाकिस्तान ?

इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोश: यही हो नयाँ पाकिस्तान ?

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रिहाम खानले देशको शान्ति सुरक्षा र कानुनी व्यवस्थाप्रति आक्रोश पोखेकी छिन्  । आफ्नो कारमा आगजनी भएपछि पूर्वपत्नी रिहामले सरकारप्रति आक्रोश पोखेकी हुन् ।  

शृंखलाबद्ध ट्विटमा रिहामले प्रश्न गरेकी छिन्, ‘यही हो इमरान खानको नयाँ पाकिस्तान?’ एउटा अज्ञात समूहले  आइतबार राती रिहामको गाडीमा आगो लगाइदिएको थियो । आगजनीको समयमा गाडीभित्र रिहामका सहयोगी र चालक थिए । 

‘भतिजाको विवाहमा सहभागी भएर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले मेरो गाडीमा आगजनी गरेका छन् । आगजनी हुँदा मेरा सहयोगी र चालक गाडीभित्रै थिए । यही हो इमरानको नयाँ पाकिस्तान ? ठग र लोभीको सरकारलाई स्वागत छ,’ उनले ट्विट गरेकी छिन् । 

सरकारको प्रखर आलोचकसमेत रहेकी रिहामले आगजनीको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन् । 

दण्डहीनताका कारण खान नेतृत्वको सरकारमा गुन्डागर्दी र डकैतीले प्रश्रय पाएको उनको भनाई छ । ‘म औसत पाकिस्तानीजस्तै बाँच्न र मर्न चाहन्छु । कातरपूर्ण हमला वा दण्डहीनता जेसुकै भए पनि आक्रमणको जिम्मा सरकारले लिनुपर्छ ,’ उनले लेखेकी छिन् ।

Logo