उत्तर कोरियाले फेरि गर्‍याे व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले फेरि गर्‍याे व्यालिस्टिक मिसाइल प्रहार

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ। उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्र नजिक पुगेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानले जनाएको छ। तर, यसको पुष्टि भने हुन सकेको छैन। 

राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ। याे उत्तर कोरियाको यस वर्षको पहिलो आणविक परीक्षण भएकाे जापानकाे भनाई छ। उत्तर कोरियाको पछिल्लो परीक्षणबारे दक्षिण कोरिया र अमेरिकाको गुप्तचर निकायका अधिकारीहरुले सुक्ष्म विश्लेषण गरेका छन्। 

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा अस्थिरता बढेकोले प्योङयाङले आफ्नो रक्षा क्षमता वृद्धि गर्नु पर्ने आवश्यकता औंल्याइरहेका बेला पछिल्लो परीक्षण सार्वजनिक भएको हो। 

नयाँ वर्षको पूर्वसन्ध्यामा वर्कस पार्टीको वैठकमा उनले सो आवश्यकता औंल्याएका थिए। 

उत्तरको पछिल्लो परीक्षणप्रति जापानले खेद व्यक्त गरेको छ। उत्तरले सन् २०२१ को सुरुदेखि आणविक परीक्षण गरेको भन्दै यस्ता परीक्षण रोक्न माग गरेका छन्।एजेन्सी

Logo