बेइजिङको वायु गुणस्तरमा नाटकीय सुधार, प्रदुषणकाे मात्रा घट्याे

बेइजिङको वायु गुणस्तरमा नाटकीय सुधार, प्रदुषणकाे मात्रा घट्याे

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ। हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातावरणमा नाटकीय सुधार आएको बताइन्छ।

सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइलाखानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।

खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौं सोलार फार्म खडा गरेको छ। हावामा धुलोको कण पीएम २.५ को मात्र घटाउन सक्दो प्रयास गरेको बेइजिङको वातावरण व्यूरोले जनाएको छ। यो कणले फोक्सोको क्यान्सर, हृदयघात र समय नपुगी गर्भपतन गराउँछ। सन् २०२१ को तथ्यांकअनुसार पीएम २.५ को मात्रा ३३ माइक्रोग्राम प्रति क्युविक मिटर रहेको थियो। यो सन् २०१३ को तुलनामा एक तिहाइले गिरावट आएको हो।

तर, यो मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदन्डभन्दा अझै पनि पाँच गुणा बढी हो। ‘सन् २०१३ पछि बेइजिङको औषत पीएम २.५ रिडिङ ६३ दशमलव १ प्रतिशतले गिरावट आएको छ,’ व्यूरोले भनेको छ।

वायुको गुणस्तरमा सुधार आए पनि धुँवाको जोखिम उत्तिकै बढेको चीनको वातावरण मन्त्रालयले जनाएको छ।एजेन्सी

Logo