जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्लाइओभरमा २० मिनेट फसे…

जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्लाइओभरमा २० मिनेट फसे…

केन्द्रबिन्दु
0
Shares

भारतको पञ्जावको एउटा फ्लाइओभरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेट फसेका छन्। यसलाई गम्भिर सुरक्षा त्रुटीको रुपमा हेरिएको भारतको गृह मन्त्रालयले जनाएको छ।

उत्तरी राज्यको एउटा स्मारकतर्फ जानेक्रममा उनको मार्गमा प्रदर्शनरत कृषकहरुले अवरोध सिर्जना गरेका थिए। उनीहरु सहायक गृहमन्त्री अजय मिश्रको राजीनामा माग गर्दै सडकमा ओर्लिएका थिए।

मिश्रका छोरामाथि केही कृषकको हत्या गरेको आरोप लगाइएको छ। बुधवार नै मोदीको फिरोजपुर सहरमा एउटा र्‍यालीलाई सम्वोधन गर्ने कार्यक्रम पनि थियो। 

सुरक्षा अवस्था अव्यवस्थित भएपछि तत्कालै मोदी चढेको गाडी विमानस्थल फर्किएको थियो । गत अक्टोवरमा मिश्रका छोराले गराएको कार दुर्घटनामा आठ व्यक्तिको ज्यान गएको थियो।

‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमोजरी हो,’ गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो।एजेन्सी

Logo