ओमिक्रोनबाट भारतमा एक जनाको मृत्यु, २ हजार १३५ जना ओमिक्रोन सङ्क्रमित

ओमिक्रोनबाट भारतमा एक जनाको मृत्यु, २ हजार १३५ जना ओमिक्रोन सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ।

भारतको राजस्थानमा एक जनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ। यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो। भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ।

Logo