कजाकस्तान संकटः मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली ठोक्न आदेश

कजाकस्तान संकटः मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली ठोक्न आदेश

केन्द्रबिन्दु
0
Shares

कजाकस्तानमा सरकारविरोधी प्रदशर्नकारीलाई गोली ठोक्न आदेश  दिइएको छ। आफ्ना हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली ठोक्न गृह मन्त्रालयले आदेश दिएको हो। इन्धनको मूल्य वृद्धिलाई लिएर कजाकस्तानमा केही दिन यता हिंसात्मक प्रदर्शन भएका छन्।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दर्जनौं प्रदर्शनकारी मारिएका छन्। शुक्रबारसम्म दुई हजार ३०० प्रदर्शनकारी पक्राउ परेका छन्। झडपमा कम्तिमा १८ सुरक्षाकर्मी मारिएका छन् भने ७४८ जना घाईते भएका छन्।

प्रदर्शन नियन्त्रण गर्न कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको छ।

यसअघि बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए।एजेन्सी

Logo