डब्लूएचओकाे चेतावनी, ‘ओमिक्रोनलाई नजरअन्दाज नगरौं’

डब्लूएचओकाे चेतावनी, ‘ओमिक्रोनलाई नजरअन्दाज नगरौं’

केन्द्रबिन्दु
0
Shares

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको र कोभिड अस्पताल भरिएको बताएका छन्। 

‘खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक छ। यसको अर्थ यो होइन कि यसलाई हल्का भनेर वर्गीकरण गर्नु हुँदैन, ’ घिब्रिससले भने। अन्य भेरियन्ट जस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य भएको उनको भनाइ छ। ‘यसअघिका भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य छ,’ उनले भने। 

ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको उनको भनाइ छ।एजेन्सी

Logo