पपुवा न्युगिनीमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको भूगर्व सर्वेक्षण संस्था युएसजीएसका अनुसार आइतबार सोलोमन द्वीपनजिककाे समुद्रमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो। 

युएसजीएसका अनुसार भूकम्प न्यु ब्रिटेनको दक्षिणी टापुबाट २०० किलोमिटर टाढा रहेको सोलोमनलाई केन्द्रविन्दु बनाएकाे थियाे। भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन। 

पपुवा न्युगिनीमा बारम्बार भूकम्प जाने गर्छ । सन् २०२० को जुलाईमा राजधानी पोर्ट मोर्सवाईमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । तर, भूकम्पबाट कुनै मानवीय क्षति भएको थिएन् । 

त्यस्तै, सन् २०१८ को फेब्रुवरीमा उच्च टापुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प जाँदा १२५ जनाको मृत्यु भएको थियो।एजेन्सी

Logo