इतिहासमा आजः प्रथम विश्वयुद्धको औपचारिक अन्त्य, राष्ट्रसंघ महासभाको पहिलो वैठक

इतिहासमा आजः प्रथम विश्वयुद्धको औपचारिक अन्त्य, राष्ट्रसंघ महासभाको पहिलो वैठक

केन्द्रबिन्दु
0
Shares

आज १० जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

राष्ट्रसंघको महासभाको पहिलो वैठक
सन् १९४६ को १० जनवरीमा संयुक्त राष्ट्रसंघको महासभाको पहिलो वैठक बसेको थियो। बैठकमा ५१ देशका प्रतिनिधिहरुको उपस्थिति थियो।

चर्चित हास्य पुस्तक प्रकाशन
सन् १९२९ मा हास्य पुस्तक एडभेन्चर अफ टिनटिन प्रकाशित भएको थियो। सो पुस्तक युरोप र संसारका अन्य भागमा निकै चर्चित बनेको थियो।

प्रथम विश्व युद्धको औपचारिक अन्त्य
सन् १९२० को १० जनवरीमा ट्रिटी अफ भर्साईल्समा हस्ताक्षर भएको थियो। पहिलो विश्वयुद्ध अन्त्यका लागि सन् १९१८ को ११ नोभेम्बरमा युद्धविराम भएको थियो। तर भर्साईल्स सन्धिपछि मात्र सो युद्ध औपचारिक रुपमा अन्त्य भएको थियो।

लिग अफ नेसन स्थापना
सन् १९२० को १० जनवरीमा लिग अफ नेसन स्थापना भएको थियो। पहिलो विश्वयुद्धमा जितेका गठबन्धन राष्ट्रहरुको पहलमा अन्तर्राष्ट्रिय सहकार्यका लागि लिगको स्थापना भएको हो।एजेन्सी

Logo