न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित १९ जनाको मृत्यु

न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित १९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ जना बालबालिका छन्। आगलागीमा दर्जनौं घाइते भएका छन्। आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ। १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो।

‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। आगलागीका घाइतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने। आगलागीमा कम्तिमा ६३ जना घाइते भएका छन्।

आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए। आगो लागेपछि भवनभित्र फसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो। 

आगलागीको कारण खुलेको छैन। सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ।एजेन्सी

Logo