काजकिस्तान : गत हप्ताको प्रदर्शनमा १६४ जना मारिए

काजकिस्तान : गत हप्ताको प्रदर्शनमा १६४ जना मारिए

केन्द्रबिन्दु
0
Shares

काजकिस्तानमा जारी विरोध प्रदर्शनमा दर्जनौंको मृत्यु भएको छ। काजकिस्तान सरकारले आइतबार बताए अनुसार देशमा जारी विरोध प्रदर्शनमा पछिल्लो हप्ता १६४ जना मारिएका छन्।

सरकारी समाचार संस्था खबर-२४ मा देशको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाइएको यो संख्या यसअघि उल्लेख गरिएको संख्याको निकै बढी हो। तर मृत्युको यो आँकडामा नागरिक मात्र छन् या सुरक्षाकर्मी पनि छन् भन्ने खुलाइएको छैन। 

यसअघि काजकिस्तानका अधिकारीहरुले प्रदर्शनमा प्रहरी या नेशनल गार्डका १६ जवान मारिएको र सर्वसाधारण २६ जना भएको बताइएको थियो। 

बीबीसीका अनुसार सबैभन्दा धेरै मृत्यु देशको सबैभन्दा ठूलो सहर अलमाटीमा भएको हो। जहाँ १‍०३ भन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ सरकारी भवन कब्जा गर्दै प्रदर्शनकरीहरुले कतिपयमा आगो लगाइदिएका थिए।एजेन्सी

Logo