सोमालियाको राजधानीमा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

सोमालियाको राजधानीमा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सोमालियाको राजधानी मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ।

विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन्। बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन्।

बिस्फोटस्थल नजिक एउटा चर्च रहेको र बिस्फोटकाे समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ। बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन। बिस्फोटमा अतिवादी समूहको संलग्नता रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ।एजेन्सी

Logo