७ महिनापछि नाइजेरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

७ महिनापछि नाइजेरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

अन्ततः नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध हटाएको छ। राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले सामाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो। 

बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रियस्तरमा चर्को विरोध भएपछि ट्विटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो । 

प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच भएको लामो छलफल भएको थियो। ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएका छन्। बुधबार राति १२ बजेदेखि नाइजेरियामा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ। 

नाइजेरियामा ट्विटरमा प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए ।एजेन्सी

Logo